nepal ahile circle final NEW

पोखरामा अर्काको नाममा सवारी ट्रायल दिने २ महिला पक्राउ

पोखरामा अर्काको नाममा सवारी ट्रायल दिने २ महिला पक्राउ

पोखरा, २४ भदौ । कास्की ट्रायल परीक्षामा दिने दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कस्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा ८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीबाट भदौ २२ गते संचालन गरिएको वर्ग के स्कुटरको ट्रायल दिने क्रममा विक पक्राउ परेकी हुन् । उनी तनहुँको भानु नगरपालिका २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी बनेकी थिइन् ।

विकलाई परीक्षा दिन लगाउने तनहुँ भानु नगरपालिका ४ घर भइ जिल्ला पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ की निरा रानाभाट पनि पक्राउ परेकी छिन् ।

पक्राउ परेका दुवैजनालाई शिक्षा ऐन सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्