• Login
Nepal Ahile
Advertisement
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
केहि भेटिएन
सबै हेर्नुहोस्

वीपीमाथि अनुसन्धान, कसले गर्ने, कसरी गर्ने ?

–जगत नेपाल

नेपाल अहिले-नेपाल अहिले
भदौ २४, २०७९
309
SHARES
वीपीमाथि अनुसन्धान, कसले गर्ने, कसरी गर्ने ?

मुलुकको इतिहासमा पहिलोपटक निर्वाचित संविधानसभा (२०६४) विघटन भएपछि मुलुकमा एक प्रकारको अन्योलको वातावरण थियो । फेरि दोस्रोपटक संविधानसभा निर्वाचन गर्ने वा संसदको चुनाव भन्ने तीव्र वहस चलिरहेको थियो । ती दिन म कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरो प्रमुखको रूपमा काम गर्थें । हरेक दिन कुनै न कुनै राजनीतिक घटना भएकै हुन्थे । टेलिभिजनका लागि समाचार तयार गर्न हामीलाई सधै चटारो परेकै हुन्थ्यो ।

यस्तैमा एक दिन नेपाली कांग्रेसका नेता चक्र बाँस्तोलाले फोन गरेर भन्नुभयो—के छ तिम्रो आजको कार्यक्रम । मैले भनें–समाचारको काम केही न केही त भैहाल्छ नि दाई । त्यस्तो विशेष त केही छैन । चक्रदाईले भन्नुभयो–त्यसो हो भने मैले एउटा सानो कार्यक्रम आयोजना गरेको छु । न्यू प्लाजामा तिमी आउनु एक÷डेढ घण्टाका लागि । कति समाचार मात्र बनाउछौ । आज हाम्रा कुरा पनि सुन । युवाहरूले पनि सुन्नु पर्छ ।

दाइले भनेको समयमै कार्यक्रम स्थलमा पुगेँ । डा. विपिन अधिकारीको अफिस रहेछ । थोरै मानिस डाक्नु भएको रहेछ । तर सबै एक से एक । त्यो बेलासम्म मलाई के कार्यक्रम हो ? दाइले किन बोलाउनु भयो ? केही थाहा थिएन । त्यो क्षण अहिले पनि याद आउँछ, भीमबहादुर तामाङ, प्रदिप गिरी, डा शेखर कोइराला, डा. दिनेश भट्टराई हुनुहुन्थ्यो । सहभागीमध्ये सबैभन्दा कान्छो म नै थिए । एक जना वासु रिजाल थिए, उनी चक्रदाइको सहयोगीका रूपमा टिममै वसेर काम गरिरहेका थिए ।

कार्यक्रम शुरु भएपछि मात्र थाहा भयो, प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीको शतवार्षिकी (२०७१) का अवसरमा वृहत् कार्यक्रम गर्ने, उनका विचार र सिद्धान्तलाई समयानुकल व्याख्या गरी पुस्तक प्रकाशन गर्ने र देशभर कार्यक्रम आयोजना गर्ने योजनाका साथ बीपी कोइराला सहशताब्दी समारोह समिति गठन भएको रहेछ । त्यसको अध्यक्षमा भीमबहादुर तामाङ, सदस्यहरूमा चक्र बाँस्तोला, प्रदिप गिरी र डा. शेखर कोइराला र सदस्य सचिव डा. दिनेश भट्टराई हुनुहुँदो रहेछ ।

वर्षभर सञ्चालन गर्ने योजना र त्यसका लागि कति बजेट आवश्यक छ भन्ने विषयमा मिहिन गृहकार्य गरिसकेको रहेछ । त्यही कार्यक्रममा चक्रदाइले भन्नुभएको थियो, “बीपीसँग सङ्गत गरेका, उहाँलाई पढे, बुझेकामध्ये हाम्रो पुस्ता मात्र बाँकी छ । हाम्रा अग्रजहरू प्रायः बितिसक्नु भयो । अहिले संयोगले वीपी जन्मिएको १०० वर्ष पनि पुग्दैछ । यो बेलामा के के काम गर्न सकिन्छ हामी तयारी गरौँ भनेर तपाईहरूलाई बोलाइएको हो ।”

झण्डै एक घण्टाको छलफलमा प्रदीप गिरीले ठट्यौली शैलीमा भन्नुभएको थियो–“अहिले नै यो काम गर्नु पर्छ नत्र हामी सबैको उमेर तपाईहरूलाई थाहा नै छ ।” बीपीसँग खुलेर छलफल गरेका र खरो वहसमा उत्रिएका बौद्धिक नेताहरूले कम्मर कसेपछि काम हुने भयो भन्दै खुसी हुँदै फर्किएँ ।

चक्रदाइ त्यो योजनाका लागि बजेट जुटाउने गृहकार्यमा हुनुहुन्थ्यो । सदस्य–सचिव डा भट्टराईका अनुसार उहाँ बीपीजत्तिको राजनेताका बारेमा गरिने अनुसन्धानका लागि विदेशी दाताबाट सहयोग खोज्ने होइन, नेपाल सरकारबाटै यो काम गराउनु पर्छ भन्नेमा हुनुहुन्थ्यो ।

त्यतिबेला डा बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । योजना र कार्यक्रमको खाका तयार भैसकेको थियो । यसमा अन्तराष्ट्रिय स्तरका नेता वा विद्वानलाई आमन्त्रण गरी काठमाडौंँमा भव्य कार्यशाला गर्ने, नेपालका ७५ जिल्ला (त्यो बेला) मा कार्यक्रम गर्ने, पुस्तक प्रकाशन गर्नेलगायतका योजना थिए । त्यसका लागि अनुमानित आठ करोड रुपैयाँ खर्च हुने गरी बजेटको खाका उहाँले बनाउनु भएको थियो । तर दुर्भाग्य २०६९ मंसिर १६ मा अध्यक्ष भीमबहादुर तामाङको मृत्यु भयो । त्यसको एक महिना नपुग्दै पुष १४ गते चक्रदाइ अचेत हुनुभयो । होस्मा नआएरै २०७५ असोज २७ मा चक्रदाइको निधन भयो ।

जगत नेपाल

चक्रदाइको जीवनी लेख्ने क्रममा ए पटक मैले प्रदीप गिरीसँग भटेको थिएँ–त्यो बेला उहाँले भन्नुभएको थियो । हेर्नुस्, मेरो त उमेरले पनि साथ दिंदैन अब म चाहेर पनि पहिला जस्तो काम गर्न सक्दिन । तर नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने धेरै विषय छन् । गर्ने कोही इमान्दार युवा छन् भने म सहयोग पनि जुटाई दिन सक्छु । तर मैले त्यस्तो युवा जमात फेला पार्न सकेको छैन ।

विसं २०७९ भदौ ५ मा प्रदिप गिरीको समेत निधन भएपछि नेपाली कांग्रेसभित्र वीपीको सङ्गत गरेका बैद्धिक नेताहरूको अवसान भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन अनि मूल्य, मान्यता, निष्ठा र आदर्शको राजनीतिमा विश्वास गर्ने जो कोही लागि वीपी आदर्श राजनेता हुन् । तर उहाँको बारेमा खोजी गर्ने कामलाई वीपीका अनुयायी भनेर राजनीतिक र अरु लाभ उठाउनेहरूले प्राथमिकतामा राखेको म देख्दिन ।

युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कलेको निमन्त्रणमा सन् २०१९ मा अतुल कोइराला दाइ र म युसी वर्कले पुगेका थियौँ । त्यहाँका प्राध्यापकले वीपी नेता र प्रसिद्ध साहित्यकार मात्र होइन, विश्वले पत्याएका एक उच्च स्तरका विद्धान पनि भनेको सुन्दा कम्ता गर्व लागेको होइन । त्यही एउटा पत्र हेर्ने मौका मिल्यो । युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कलेका प्राध्यापक लियो इ रोजले वीपीलाई लेखेको पत्र । यस पत्रमा प्राध्यापक रोजले आफ्नो एउटा अनुसन्धान लेख हेरेर सल्लाह सुझाव दिन र परिमार्जनका लागि सघाउन आग्रह गरेका छन् ।

त्यसैले त काठमाडौंँ विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले एक जना अमेरिकी राष्ट्रपतिले नोबेल पुरस्कार विजेताहरूलाई ह्वाइट हाउसमा रात्रिभोज दिएको प्रसङ्ग उल्लेख गर्नुभएको थियो । माथेमा लेख्छन्– ती राष्ट्रपतिले त्यस दिन भनेका थिए–“आज म अति नै खुसी छु । किनभने ह्वाइट हाउसमा पहिलोपटक यतिका धेरै नोबेल पुरस्कार विजेतासँग बसेर मैले रात्रिभोज गर्न पाए । यो मेरो जीवनकै सर्वाधिक स्मरणयोग्य घटना हुनेछ । तर तपाइँहरू सबैसँग रात्रिभोज गरेको भन्दा बढी खुस म त्यो बेला हुने थिएँ, यदि मैले थोमस जेफर्सनसँग रात्रिभोज गर्न पाएको भए । नेपालको सन्दर्भमा वीपी पनि त्यस्तै हुन् ।
(लेखक नेपाल पत्रकारिता तथा आमसञ्चार र पत्रकारिताको प्राध्यापनमा सक्रिय हुनुहुन्छ)

तपाइको प्रतिक्रिया

सम्बन्धितखबर

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९

सिफारिस

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९
सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?

रविप्रति सिके राउतको प्रतिक्रिया- उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविले दिए पदबाट राजीनामा

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

माघ १३, २०७९

साताको ट्रेन्डिङ

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

माघ १२, २०७९
तस्बिरमा उहिलेको पोखरा

तस्बिरमा उहिलेको पोखरा

माघ ७, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

माघ १३, २०७९
पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

माघ १३, २०७९
डोटीका किसान सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहिएपछि…..

माघ १२, २०७९
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

माघ १२, २०७९

ताजा खबर

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा डोलप्रसाद अर्याल

माघ १४, २०७९
यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

यस वर्षको एसइइ परीक्षा चैत १७ गतेदेखि हुने, दुई दिन ग्याप

माघ १४, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९
आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

आत्मदाह गरेका आचार्यकी श्रीमतीद्वारा प्रहरीमा जाहेरी

माघ १३, २०७९
पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

माघ १३, २०७९

विवरण

सूचना तथा प्रसारण विभाग दर्ता : ३२६८
प्रेस काउन्सिल दर्ता : ३२६४
सम्पादक: गणेश बराल (ढाकामोहन)

सम्पर्क

नेपाल अहिले मिडिया प्रा.लि.
अनामनगर, काठमाण्डौ 
इमेल: nepalahile@gmail.com
सम्पर्क : ०१-५७०५६०७
विज्ञापनको लागि सम्पर्क ९८५११२८३५५

नेपाल अहिले

नेपाल अहिले डटकम नेपाल अहिले प्रा.लि.बाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले देश विदेशका ताजा घटना, जानकारी तथा बिचारलाई समाचारको रुपमा फोटो, अडियो भिडियोका आदिका माध्यमबाट सम्प्रेषण गर्नेछ । अंग्रेजी भाषाको समाचारका लागि नेपाल लेटेस्ट डटकम सञ्चालनमा रहेको छ ।

  • Contact Us

© 2022NepalAhile .

  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
केहि भेटिएन
सबै हेर्नुहोस्

© 2022NepalAhile .

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist