nepal ahile circle final NEW

सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं I आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ । त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सो बैठकले २२ दिने चुनावी अभियान र दुई दिने जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

कांग्रेसमा सिट बाँडफाँड विषय निकै पेचिलो बनेको छ । एक सय ६५ मध्ये करिब एक सय सिट आफूलाई राख्न सभापति शेरबहादुर देउवामाथि ठूलो दबाब छ । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो कांग्रेस उदार भएर प्रस्तुत हुनुपर्ने बताउँदै आएका छन् । सिट बाँडफाँडसम्बन्धी कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक तोकिएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्