nepal ahile circle final NEW

चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस

चीनको जनसंख्या बृद्धि दर अहिलेसम्मकै न्यून

बेइजिङ I चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्मसानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ ।

यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरुको भनाइ छ ।

संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो संक्रमणबाट अहिलेसम्म चीनम ३५ जना संक्रमित भएको जनाइएको छ ।

अहिले विश्वभर महामारीको स्वरुप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्