nepal ahile circle final NEW

कप्तान सन्दीप यूएईमा हुने टी-२० खेलको मार्की खेलाडी

क्रिकेट: सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध
काठमाडौं I नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेसनल टी२० खेल्ने हुनुभएकाे छ । यूएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्धित हुनुभएकाे हाे ।

प्रतियोगितामा सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरु मार्की खेलाडीको रुपमा जोडिनु भएकाे छ । जसमा मोइन अली, आन्द्रे रसेल, डविड मलान, वनिन्दु हसरंगा, सुनिल नारिन, एभिन लुइस, कोलिन मुन्रो, फाविएन अलेन, साम बिलिङ, दुस्मन्था चमिरा, सिम्रोन हेडमायर, अकेइल हुसेन, क्रिस जोर्डन, टम ब्यान्टोन, क्रिस लिन, रोभम्यान पोवेल, भानुका राजापाक्षे र मुजिब उल रहमान हुनुहुन्छ ।

अर्को वर्षको सुरुआतमा हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एक टिमले १८ खेलाडी राख्न पाउनेछन् ।

जसमा चार यूएईका र दुई एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य राख्न पर्ने आयोजनले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्