nepal ahile circle final NEW

थाहा पाउनुहोस् आजको राशिफल

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
काठमाडौं I आजको पात्रो : २४ साउन २०७९, मंगलबार । अगष्ट महिनाको ९ तारिक २०२२ । श्रावणशुक्लपक्ष द्धादशी, बब करण, मूल नक्षत्र विष्कुष्म योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः३१ मा भएको छ भने सूर्यास्त ६ः४८ हुनेछ ।

मंगलबार बिहान गणेश र हुनमान मन्दिरको दर्शन गर्दा शुभ हुनेछ । मंगलबार कुनै शुभकार्य गर्न सकिन्छ । मंगलबार व्रत बस्नेका लागि आजको दिन विशेष हो । मंगलागौरीको व्रत बस्ने दिन हो । अविवाहित महिलाले आजको दिन व्रत बस्दा विवाह आदि कार्यका अवरोध हटने छ ।

आज बिहान ११ः४४ देखि १२ः३७ सम्मको समय शुभ रहेको छ । आजको दिन गणेश बन्दना अवश्य गर्नुहोला ।

आजको राशिफल 
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि हरेक मंगलबार नयाँ कामको शुरुवात गर्न सक्नेछन् । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । विलासिताको सामान खरिद र यात्रामा जाँदा अर्थहानी हुने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
अध्ययन अध्यापनमा समय दिनुभयो भने शुभ हुनेछ । आज यात्रा गर्न खोज्नु भएको छ भने फलदायी हुनेछ । सामाजिक सेवा र अध्यात्मको काममा मन लगाउनु होला । बालक, बृद्धलाई भोजन र बस्त्र दान गर्नुभयो भने मन खुसी हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नु होला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएका जातकले आजको दिन मौन रहनु ठीक होला । व्यापार व्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ । त्यसैले मौन रहेर काम गर्दा निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग  छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनु हुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । अर्थ कारोबार गर्दा विचार गर्नुहोला । कसैलाई दिनुभएको सापटी रकम समेत पाउनुहुनेछ । कसैमाथि नकारात्मक सोचर काम नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन घरपरिवार र मित्रसँग अनावश्यक विवाद हुनसक्छ । विचार गर्नुहोस् । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेका मित्रबाट धोका हुनसक्छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ ।  मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन समय त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ । त्यसैले आजको दिन तुला राशिका जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक प्रश्नहरु उठनसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
आजको दिन सफलता मिल्नेछ । सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने सम्भावना कम हुन्छ । व्यापार व्यवसायमा गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको प्रभाव जे सोचेर काम गर्नुहुन्छ सफल हुनेछ । बसोबास भएकोे स्थानमा रहेको मठमन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन अनुकुल देखिँदैन । नियमित कामबाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपार्इंले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मीन राशिका जातकले मंगलबार लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, बस्त्र खरिद र दान र शिवालय रदेवालयमा गएर भोकालाई खानेकुरा खान दिनुभयो भने उन्नति र प्रगति हुँदै जानेछ । सिर्जनात्मक कार्यमा सहभागी हुँदा नयाँ उत्साह थपिने छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्