nepal ahile circle final NEW

नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन कुनै कसर बाँकी नराखिने

नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन कुनै कसर बाँकी नराखिने

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र मेयर धनराज आचार्यले आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका हुन् ।

सदस्य सचिव घिसिङले आइतबार मेयर आचार्यले भेटको क्रममा नवौंलाई सफल बनाउन महानगरपालिकाले आवश्यक बजेट छुट्याइसकेको र प्रतियोगितालाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने जनाए ।

यता, मुख्यमन्त्री पोखरेलले घिसिङलाई गण्डकी प्रदेशको खेलाडी छनोट र आवश्यक तयारीका लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा बजेट निर्धारण भइसकेको समेत जानकारी दिए ।

यसबाहेक घिसिङसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको तर्फबाट नवौंलाई सफल बनाउन अन्य तयारीमा छलफल तीव्र गतिमा अघि बढिरहेको समेत प्रतिबद्धता जाहेर गरेका छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ३६ वटा खेलहरूलाई समावेश गरिएको छ भने २ वटा खेललाई प्रदर्शनी खेलको रूपमा राखिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्