nepal ahile circle final NEW

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै निगम घेराउ

काठमाडौं I पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ ।

अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले टेकुस्थित आयल निगमको कार्यालयअघि विरोध प्रदर्शन गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ ।

तर, भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि आमउपभोक्ता आन्दोलित भएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्