nepal ahile circle final NEW

श्वेत गंगा हाइड्रोपावरको आइपिओ बाँडफाँट

श्वेत गंगा हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमान्डौ, १८ साउन । श्वेत गंगा हाइड्रोपावरको आइपिओ आज  बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार  गोलाप्रथामार्फत भएकोप बाँडफाँडमा  दुई लाख २७ हजार दुई जना सर्वसाधारणले सेयर पाएका छन्।

१५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएकोमा १३ लाख १६ हजार ९४३ जना आवेदकको हात खाली भएको छ। बाँकी चार हजार ४४० जनाको आवेदन रद्द भएको सानिमा क्यापिटलले जनाएको छ ।  कम्पनीले  सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आइपिओ बिक्री खुला गरेको थियो।

बाँडफाँडबाट पाँच जनाले ११ कित्ता र बाँकी छनोट भएका सबैले १० कित्ताका दरले सेयर पाएका छन्।   सानिमा क्यापिटलको वेबसाइट, मेरो सेयर एकाउन्ट, श्वेत गंगा हाइड्रोपावरको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट आइपिओको नतिजा हेर्न सकिन्छ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्