nepal ahile circle final NEW

कप्तान किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

गोलरक्षक किरणलाई माल्दिभ्समा दोस्रो लिग उपाधि

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण  कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएसँगै प्रेमिका कन्चन निरौलालाई खेल मैदानमै विवाह प्रस्ताव राख्नुभएकाे छ ।

एयर होस्टेज कन्चनसँग किरण विगत २ वर्ष देखि प्रेममा रहेको बुझिएको छ । थ्री नेसन्स कप जित्दा दुई  जना एकै साथ दशरथ रंगशालामा देखिनुभएकाे थियाे ।

टोलीको पुरस्कार बितरण समारोहमा किरणले आफ्नी प्रेमिका, उहाँकी आमा र स्वयम् आफ्नी आमालाई माल्दिभ्स लग्नुभएकाे थियाे ।

माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेल्नुभएका गोलरक्षक किरण सिजन २०२२ को उत्कृष्ट गोलरक्षक चुनि भएकाे हाे ।

किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जित्नुभएकाे हाे । यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जित्नुभएकाे हाे ।

यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो । चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ । ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्यो । एक खेलमा हार बेहोर्यो ।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ ।

यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्‍यो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्