nepal ahile circle final NEW

समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक: प्रचण्ड

समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्य रहेको बताउनु भएकाे छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशातिर पुयाउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक रहेको बताउनु भएकाे हाे ।

मोहन वैद्य र नेक्रविक्रम चन्द विप्लवको क्रान्तिको खोजी गर्ने नियतप्रति आफ्नो शंका नभएको, तर चाहानाले मात्रै क्रान्ति नहुने प्रचण्डको भनाइ छ ।

‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन,’ उहाँले भन्नुभयाे, ‘तर, क्रान्तिकारी चाहनाले मात्रै हुने कुरा होइन । क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने होइन । सही विचारमा लाखौं जनतालाई गोलवद्ध गरेर जनताले गर्ने कुरा हो क्रान्ति ।’

सबैले आआफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं भन्दै प्रचण्डले वैद्य, विप्लव लगायतलाई पुर्नविचार गर्न आग्रह गर्नुभयाे । ‘हामी एक ठाउँमा अपिल उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई विश्वास छ कि अधिकांश जनताले साथ दिने छन्,’ उहाँले भन्नुभयाे।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्