nepal ahile circle final NEW

उपत्यकामा नेवारी बस्तीहरु अहिले (फोटो फिचर)

उपत्यकामा नेवारी बस्तीहरु अहिले (फोटो फिचर)

बढ्दो सहरीकरणले उपत्यकाको नेवारी बस्तीहरू मासिँदै गएका छन् । यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका धरोहरहरूलाई  तहसनहस बनायो ।

काठमाण्डौ उपत्यका अर्थात् नेवार यी दुवै पर्याय र परिपूरक हुन् । नेपालको इतिहासमा नेवारहरूको योगदान अतुलनीय छ ।

ऐतिहासिक पुरातात्त्विक महत्त्वको काठमाडौँ उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ ।

यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सृजित विभिन्न हन्डर–ठक्कर खाएर पनि उभिइरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्बिरमा कैद गर्ने कोसिस गरेका छौं ।

यसैलाई केन्द्रमा राखेर उपत्यकाका खोकना, बुङमती, कीर्तिपुर, ठेचो, सिद्धिपुर लुभु र  पाटनका विभिन्न स्थानमा  खिचिएका तस्बिरहरू ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्