nepal ahile circle final NEW

उदयपुरमा ट्राफिक सप्ताह सुरु

उदयपुरमा ट्राफिक सप्ताह सुरु

उदयपुर, ४ पुस। उदयपुर गाईघाटमा ट्राफिक सप्ताहको सुरुवात गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले आइतबारदेखि ट्राफिक सप्ताह अभियान सुरु गरेको हो ।

सप्ताह प्रदेश -१ अन्तरर्गत १४ वटै जिल्लाहरुमा सुरु गरिएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि प्रदेश-१मा यस्तो कार्यक्रम थालिएको हो ।

‘सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्युनिकरण गरौँ’ भन्ने नराका साथ कार्यक्रम सुरु भएको हो ।

सुरक्षित यात्राका लागि दुई पांग्रे सवारीलाई विषेश ध्यानमा राख्दै सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले चालकलाई हेलमेट लगाइदिएर त्रियुगा बसपार्कमा कार्यक्रमको बिधिवत रुपमा उदघाटन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख सुवासचन्द्र बोहोराले ट्राफिक सप्ताहको मूल उद्देश्य यात्रुहरुको सुरक्षा रहेको बताए ।

चालकले आफनो सुरक्षामा कसरी ध्यान दिने र यात्रुहरुलाई गन्तव्यसम्म कसरी सुरक्षित यात्रा गराउने भन्नेबारे चेतना र जानकारी दिने सप्ताहको उदेश्य रहेको उनले बताए ।

चालकलाई प्रशिक्षण दिइने र यात्रुहरुलाई बाटो कसरी पार गर्ने भन्ने बारेमा सचेतना दिइने छ । ट्राफिक सप्ताहले कारबाही भन्दा पनि सचेतनालाई जोड दिएको एसपी बोहोराले बताए ।

कार्यक्रममा हिमाली यातायात प्राली गाईघाटका उपाध्यक्ष प्रमेश्वर घिमिरेले दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला सबैको दायित्व उतिकै रहेको बताए । यातायात व्यवसायीहरुको हकहितमा काम गर्ने संघसंस्था नरहेको उनको भनाइ थियो ।
यातायात ब्यवसायीहरुको हकहितको निम्ति खुलेको संस्थाहरुलाई सेण्डिकेटको नाममा सरकारले खारेज गरेकाले पनि साना ब्यवसाय धरासायी बनेको उनले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्