nepal ahile circle final NEW

पर्यटकीय गन्तव्य बन्दै दलचोकी

पर्यटकीय गन्तव्य बन्दै दलचोकी

काठमाडौं, २ पुस। ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेको दलचोकी पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समयकाठमाडौं उपत्यकावासीसहितका पर्यटकहरू दलचोकी पुग्ने गरेका छन् ।

 

सातदोबाटोबाट २३ किलोमिटर दूरीमा रहेको दलचोकीबाट काठमाडौं उपत्यकासहित उत्तरी क्षेत्रमा रहेका हिम श्रृंखलाहरू देखिन्छ। हेटौँटासहित तराई क्षेत्रसमेत देख्न सकिने गरी भ्युटार बन्दै गरेको दलचोकीमा होमस्टेको समेत सुविधा भएपछि आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्यस्थल बनेको हो ।

 

हाइकिङका लागि निकै उपर्युक्त मानिएको दलचोकीमा विभिन्न रोगको प्राकृतिक विधिबाट उपचार गर्ने निरोधाम केन्द्रसमेत रहेकोछ । सागशब्जी र दूधका लागि निकै चर्चित रहेका दलचोकीलाई काठमाडौं उपत्यकाको भेडेटार नामले चिनिने गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्