nepal ahile circle final NEW

आप्रवासनको सामाजिक प्रभाव न्यूनीकरणका लागि अभिमुखीकरण

आप्रवासनको सामाजिक प्रभाव न्यूनीकरणका लागि अभिमुखीकरण

खोटाङ, १ पुस। वैदेसिक रोजगारीका कारण निम्तिने सामाजिक समस्या न्यूनीकरणका लागि खोटाङको दिक्तेलमा एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । आप्रवासनको सामाजिक प्रभाव न्यूनीकरणका लागि सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्लास्थित महिला अधिकारकर्मी, मेलमिलापकर्ता, प्रहरी र पत्रकारलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

वैदेशिक रोजगारीका क्रममा निम्निे सामाजिक लाञ्छना, मानसिक तनाव, पारिवारिक कलह तथा बिखण्डन लगायतका सामाजिक समस्या न्यूनीकरणका लागि सामीले होटल शुभदिनमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

वैदेशिक रोजगारीका कारण समाजमा उत्पन्न हुने सामाजिक समस्या न्यूनीकरणमा भूमीका निर्वाह गर्ने व्यक्तित्वको विकासका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको वाल सेजा समाज नेपाल अन्तरगतको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

कार्यक्रममा सहभागीलाई सामी/हेल्भेटासकी कार्यक्रम अधिकृत उमा पौडेलले आप्रवासनको सामाजिक समस्या र निराकरणका लागि खेल्नुपर्ने भूमीकाका विषयमा सहजीकरण गरेकी थिइन् ।

वैदेशिक रोजगारीका क्रममा कतिपय श्रीमान र श्रीमती टाढा हुँदा पारिवारिक कलह, तनाव, पारिवारिक बिखण्डन, आत्महत्या लगायतका सामाजिक समस्या निम्तिने गरेको छ ।

कार्यक्रममा वैदेसिक रोजगारीका क्रममा हुने ठगी तथा शोषण, वेपत्ता, अंगभंग, मृत्यु लगायतका समस्या न्यूनीकरण गर्ने उपायका वारेमा पनि चर्चा गरिएको छ ।

वैदेशिक रोजगारीका क्रममा आइपर्ने सामाजिक समस्या न्यूनीकरणमा समाजका अधिकारकर्मी, मेलमिलापकर्ता लगायतका अगुवाको भूमीका महत्वपूर्ण हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राईले बताईन् ।

वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलव्धीमुलक बनाउन कार्यक्रम सञ्चालन गर्दैआएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले गत २९ मंसिरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडाका २८ वटा आमा समुहका अध्यक्ष र सचिवलाई सहभागी गराएर आप्रवासी कामदारको सामाजिक वहिस्करण प्रभाव न्यूनीकरण सम्वन्धी अन्तरक्रीया गरेको थियो ।

सो भन्दाअघि २६ मंसिरमा जिल्ला प्रहरी कार्यालय सहित जिल्लाका १० वटै स्थानीय तहका ईलाका प्रहरीचौकी र प्रहरीचौकीका प्रहरीलाई सहभागी गराएर वैदेशिक रोजगारीका क्रममा हुने ठगी न्यूनीकरण सूचना/जानकारी प्रवाह सम्वन्धी अन्तरक्रीया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रममार्फत वैदेसिक रोजगार सम्वन्धीका मुद्धा हेर्नका लागि जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षक सुरेश ठाकुरलाई फोकल पर्सन तोकिएको परियोजनाका संयोजक राईले बताए ।

यस्तै, वैदेसिक रोजगार सम्वन्धीका विषयलाई प्रहरी–समुदाय साझेदारी कार्यक्रममा समावेस गर्ने, ठगी तथा शोषण न्यूनीकरण सम्वन्धीका सचेतनामुलक सन्देशलाई प्रहरीको विभिन्न अभियानमा समेट्ने लगायतका निर्णय भएको सामीले जनाएको छ ।

(क्याप्सन : आप्रवासनको सामाजिक प्रभाव न्यूनीकरण सम्वन्धी कार्यक्रममा वोल्दै उपमेयर वीणादेबी राई ।)

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्