nepal ahile circle final NEW

उराँव समुदायमा दशैं नआउँदै जमरा

उराँव समुदायमा दशैं नआउँदै जमरा

प्रकाश तिम्सिना/न्युज कारखाना । उराँव समुदायले परम्परागत पर्व करम पूजा सोमबार हर्सोल्लासका साथ मनाएका छन् । करम पूजाको पूर्वसन्ध्यामा उनीहरूले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा सुनसरीका उराँवहरूले शुभकामना साँटासाँट र आपसमा जमरा लगाएर करम पुजा गरेका छन् । पूजाका अवसरमा उराँव समुमदायका पुरुषहरू धोती, गम्छाको पगरी र परम्परागत पहिरन र महिलाले रातो र सेतो सारी, हातमा चाँदीको चुरा, घाँटीमा हसुली, तिलहरी, पाखुरामा गोफ (गहना) ले सजिएका थिए । यस्ता कार्यक्रमले उराँवहरूको सँस्कृतिको प्रर्वद्धन, भाषाको संरक्षण र मौलिकता प्रदर्शनमा योगदान पुग्ने नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए ।

विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमका अवसरमा मनाइने करम पूजाले उराँव समुदायमा एकआपसमा भाइचारा बढाएको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए । सहभागीहरूले उराँवहरूको हक, अधिकार र पहिचानका लागि सबै क्षेत्रबाट सबै खालका सहयोग आवश्यक रहेको जोड दिएका थिए ।

उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा (मंच) मा परम्परागत पहिरनसहित नाचगान गर्ने, प्रवचनलगायतका कार्यक्रम गरिएको थियो । उराँव समुदायका शिक्षक सम्पतलाल उराँवका अनुसार करम पूजाको पूर्व सन्ध्यामा परम्परागत कला कौशल, गीत नृत्य प्रस्तुत गरिएको थियो । यस्तै, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री (माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हलो) को प्रदर्शन गरिएको प्रतिष्ठानका सचिव रामलाल उराँवको भनाइ छ । यसैबीच करम पर्वको अवसरमा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्